News Portal

  • गृहपृष्ठ कृषि, समाचार

    प्रधानमन्त्री ओलीद्वारा पचास हजार टन युरिया मल उपलब्ध गराउन बङ्गलादेशसँग आग्रह

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाबीच आज टेलिफोनमा कुराकानी भएको छ । त्यसक्रममा प्रधानमन्त्री ओलीले पचास हजार टन युरिया मल पैँचोस्वरुप बालीको यही याममा उपलब्ध गराउन बङ्गलादेशसँग आग्रह गरे ।...बाँकी

    अन्तराष्ट्रिय धावक जीतबहादुर केसी कोरोना सङ्क्रमित

    काठमाडौं । नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाउने धावक जीतबहादुर केसी कोरोना सङ्क्रमित भएका छन् । काठमाडौँ महानगरपालिका–१४ कलङ्कीका ७२ वर्षीय उनलाई सोमबार कोरोना सङ्क्रमण पुष्टि भएको हो । दिसामा रगत देखिएपछि केसीलाई काठमाडौँको बयोधा अस्पताल...बाँकी

    देशभर १ हजार ६९ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं । वितेको २४ घण्टाको अवधिमा देशभर थप १०६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले महिला ३ सय ४४ र पुरुष...बाँकी

    सेञ्चुरी कमर्शियल बैंकको नयाँ ब्याजदर सार्वजनिक

    काठमाडौं । सेञ्चुरी कमर्शियल बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले भदौ १६ गतेदेखि लागु हुने गरी बचत तथा कर्जातर्फको नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले बचत खातामा ४ दशमलव २५ प्रतिशतदेखि ५...बाँकी

    सानिमा बैंकद्वारा रुपन्देहीको भलवारीमा नयाँ शाखा सञ्चालन

    काठमाडौं । सानिमा बैंकले रुपन्देहीको भलवारीमा ८०औं शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । उक्त शाखा कार्यालयको उद्घाटन सानिमा बैंकका प्रदेश ५ का कामु प्रमुख रञ्जन मैनालीले गरे । कोरोना भाइरसको प्रकोपले जनजीवन प्रभावित भएको यस...बाँकी

    ग्रील व्यवसायी महासंघद्वारा सुरक्षाकर्मीलाई सुरक्षाका उपकरणहरु वितरण

    काठमाडौं । ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालको पहलमा सुरक्षाकर्मीहरुलाई सुरक्षाका उपकरणहरु वितरण गर्ने काम सुरु भएको छ । ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालका अध्यक्ष मोहन कटुवालले महानगरीय प्रहरी वृत सिंहदरबार र महानगरीय ट्राफिक...बाँकी

    जुनसुकै एटिएमबाट पैसा निकाले पनि शुल्क नलाग्ने

    काठमाडौं । अबदेखि जुनसुकै बैंक तथा वित्तीय संस्थाको एटिएम मेसिनबाट रकम निकाले पनि शुल्न नलाग्ने भएको छ । यसअघि जुन बैंक तथा वित्तीय संस्थाको एटिएम कार्ड छ, सोही बैंक तथा वित्तीय संस्थाको एटिएम बुथबाट रकम...बाँकी

    कोरोना संक्रमणकै बीचमा बीमा व्यवसायमा बृद्धि

    काठमाडौ । कोरोना भाइरस (कोभिड–१९) संक्रमण सन्त्रासकै बीच पनि बीमा व्यवसाय गर्न गत आर्थिक वर्षको साउन महिनाको तुलनामा चालु आर्थिक वर्षमा बढेको छ । बीमा समितिले दिएको जानकारीअनुसार आर्थिक वर्ष २०७६/७७ को साउन मसान्तको तुलनामा...बाँकी

    लामो दूरीका यातायात, शिक्षण संस्था र आन्तरिक उडान भदौ मसान्तसम्म बन्द

    काठमाडौं । सरकारले लामो तथा छोटो दूरीको यातायातका साधन र शिक्षण संस्था आगामी भदौ मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको बताइएको हो । यसअघि सरकारले भदौ १५...बाँकी

    एनआइसी एसिया बैंकको ब्यालेन्स फन्डको न्याभ बढ्यो

    काठमाडौं । एनआइसी एसिया ब्यालेन्स फन्डको साउन मसान्तसम्म आइपुग्दा प्रति इकाई खुद मूल्य (न्याभ) ११ रुपैयाँ २९ पैसामा पुगेको छ । असारमा यसको न्याभ ११ रुपैयाँ ०८ पैसा थियो । अघिल्लो महिनाको तुलनामा फण्डको न्याभ...बाँकी