News Portal

  • जुनसुकै एटिएमबाट पैसा निकाले पनि शुल्क नलाग्ने

    आर्थीकसंसार संवाददाता१५ भदौ, २०७७
    ५७६ पटक
    १५ भदौ, २०७७

    काठमाडौं । अबदेखि जुनसुकै बैंक तथा वित्तीय संस्थाको एटिएम मेसिनबाट रकम निकाले पनि शुल्न नलाग्ने भएको छ । यसअघि जुन बैंक तथा वित्तीय संस्थाको एटिएम कार्ड छ, सोही बैंक तथा वित्तीय संस्थाको एटिएम बुथबाट रकम झिक्दा मात्रै शुल्क लाग्दैनथ्यो । अरु बैंक वित्तीय संस्थाको एटिएमबाट रकम निकाल्दा शुल्क तिर्नुपथ्र्याे ।
    नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत जुनसुकै बैंक वित्तीय संस्थाको एटिएमबाट रकम निकाल्दा पनि शुल्क नलाग्ने व्यवस्था गरिने नीतिगत व्यवस्था गरेको थियो ।
    मौद्रिक नीतिमा भएको व्यवस्था बमोजिम राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले एकीकृत निर्देशन जारी गर्दै शुल्क नलाग्ने व्यवस्था गरेको हो । कोरोना भाइरस (कोभिड–१९) संक्रमण नियन्त्रण र रोकथामका लागि सरकारले चैत ११ गतेदेखि लकडाउन गरेपछि सो अवधिभर कुनै पनि एटिएमबाट रकम निकाल्दा पनि शुल्क नलाग्ने व्यवस्था गरिएको थियो ।
    ‘एउटा बैंक तथा वित्तीय संस्थाले जारी गरेका एटिएम कार्य स्वदेशभित्रै अर्काे बैंक तथा वित्तीय संस्थाको एटिएममा प्रयोग गर्दा कार्ड प्रयोगकर्तासँग कुनै पनि शुल्क लिन पाइने छैन,’ राष्ट्र बैंकले जारी गरेको निर्देशनमा उल्लेख छ ।

    प्रतिकृया दिनुहोस्