News Portal

  • स्थापना दिवसको अवसरमा ओरिएण्टल इन्स्योरेन्सको रक्तदान कार्यक्रम सम्पन्न

    आर्थीकसंसार संवाददाता२७ भदौ, २०८१
    १५५ पटक
    २७ भदौ, २०८१

    काठमाडौं । ओरिएण्टल इन्स्योरेन्सले आफ्नो ७८औं स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा रक्तदान कार्यक्रम गरी स्थापना दिवस मनाएको हो ।

    कम्पनीले काठमाडौंस्थित डिल्लीबजार चारखालमा रहेको कार्यालयमा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रम विहान साढे १० बजेबाट साढे ३ बजेसम्म कार्यक्रम सञ्चालन गरेको कम्पनीले जनाएको छ ।

    कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत, कर्मचारीहरु र अन्य उच्च पदाधिकारीहको उपस्थितीमा भव्यताका साथ सम्पन्न भएको हो । कार्यक्रममा ११२ जनाले रक्तदान गराएका थिए ।

    प्रतिकृया दिनुहोस्