News Portal

  • देशभर १ हजार ६९ जनामा कोरोना संक्रमण पुष्टि

    आर्थिकसंसार संवाददाता१६ भदौ, २०७७
    ४८१ पटक
    १६ भदौ, २०७७

    काठमाडौं । वितेको २४ घण्टाको अवधिमा देशभर थप १०६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले महिला ३ सय ४४ र पुरुष ७ सय २५ गरी १ हजार ०६९ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ४० हजार नाघेको छ । उनका अनुसार संक्रमितको कुल संख्या जम्मा ४० हजार ५ सय २९ पुगेको हो ।
    यस्तै बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा थप ४ सय ८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमा काठमाडौंमा ३ सय ९३, ललितपुरमा ५८ र भक्तपुरमा ३० जना रहेको डा. गौतमले जानकारी दिए ।
    हाल देशभर सक्रिय संक्रमितको संख्या १८ हजार १ सय १२ रहेको छ । यस्तै संस्थागत आइसोलेशनमा १० हजार ८ सय ३२ र होम आइसोलेशनमा ७ हजार २ सय ८० जना रहेका छन् । १२ हजार ८८ जनाको पीसीआर परीक्षण भएको गौतमले बताए ।
    यस्तै पछिल्लो २४ घण्टामा डिस्चार्ज हुनेको संख्या ७ सय ६८ रहेको छ भने कुल निको हुनेको संख्या २२ हजार १ सय ७८ रहेको छ । यस्तै देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय ३९ पुगेको छ ।

    प्रतिकृया दिनुहोस्