News Portal

  • सानिमा बैंकद्वारा रुपन्देहीको भलवारीमा नयाँ शाखा सञ्चालन

    आर्थीकसंसार संवाददाता१६ भदौ, २०७७
    ७८३ पटक
    १६ भदौ, २०७७

    काठमाडौं । सानिमा बैंकले रुपन्देहीको भलवारीमा ८०औं शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । उक्त शाखा कार्यालयको उद्घाटन सानिमा बैंकका प्रदेश ५ का कामु प्रमुख रञ्जन मैनालीले गरे ।
    कोरोना भाइरसको प्रकोपले जनजीवन प्रभावित भएको यस समयमा भलवारी शाखाले उक्त क्षेत्रका स्थानीयबासीहरुलाई अत्यावश्यक बैंकिङ्ग सेवा प्रवाह गर्ने र संक्रमण न्यून हुँदै गएसँगै आवश्यक सम्पूर्ण बैंकिङ्ग सेवा प्रदान गर्ने छ ।
    जोखिमपूर्ण यस समयमा सम्पूर्ण ग्राहक महानुभावहरुलाई कोरोना भाइरस संक्रमण रोकथामसम्बन्धी आवश्यक सुरक्षा नीति अपनाइ कारोबार सञ्चालन गर्ने बैंकले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्