News Portal

  • मुक्तिनाथ बैंकका ग्राहकलाई ‘त्रिशूली बीच रिर्सोट’मा १५ प्रतिशतसम्म छुट

    आर्थीकसंसार संवाददाता२४ भदौ, २०८१
    ३७८ पटक
    २४ भदौ, २०८१

    काठमाडौं । मुक्तिनाथ विकास बैंकले आफ्ना ग्राहकलाई थप सेवा दिन धादिङको गल्छीमा रहेको ‘त्रिशूली बीच रिर्सोट’सँग विभिन्न व्यावसायिक सम्झौता गरेको छ ।

    यस सम्झौतापश्चात मुक्तिनाथ विकास बैंकका ग्राहकले यस रिर्सोटमा बसाइँ तथा खानामा १५% सम्म छुट प्राप्त गर्न सक्नेछन् ।

    छुट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकले बैंकको मान्य डेबिट कार्ड/प्रिभलेज कार्ड पेश गर्नुपर्ने बैंकले जनाएकाे छ । साथै बैंकको मोबाइल/ईन्टरनेट बैंकिङद्वारा भुक्तानी गर्नु पर्नेछ ।

    बैंकले नेपालमै टिक्न सजिलो छ भन्ने नाराका साथ साना व्यापार तथा व्यवसायलाई प्रोत्साहन गर्न मुक्तिनाथ सरल कर्जा योजनाहरू पनि ल्याएको छ ।

    बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न प्रिपेड डलर कार्ड , मोबाइल बैंकिङ, क्यूआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङ (बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः ९८०१११००२३) आदि जस्ता सेवा बैंकको शाखामा भौतिक रूपमा उपस्थित नभइ घरबाटै उपयोग गर्न सकिने व्यवस्थासमेत गरेको छ ।

    प्रतिकृया दिनुहोस्