News Portal

  • रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले मनायो सातौं वार्षिकोत्सव

    आर्थीकसंसार संवाददाता१६ भदौ, २०८१
    १२९ पटक
    १६ भदौ, २०८१

    काठमाडौं । रिलायवल नेपाल लाइफ इन्स्योरेन्स जीवन बीमा कारोबार सुरू गरेको ७ वर्ष पूरा गरी आठौं वर्षमा प्रवेश गरेको छ ।

    कम्पनीले सातौं वार्षिकोत्सव बीमा जागरणसहितको प्रभातफेरी र अन्य शाखाहरूमा विभिन्न कार्यक्रमहरू गरी मनाएको छ ।

    जसअनुसार दमक, नारायणगढ, लेखनाथ, बुटवल, नेपालगञ्ज शाखाहरूमा रक्तदान, दमौली शाखाको आयोजनामा भोर्लेटारमा स्वाथ्य शिविर, धनकुटामा स्वास्थ्य शिविर, राजविराज शाखामा वृक्षरोपण गरिएको छ ।

    यस्तै अन्य केही शाखाहरूले विद्यालयहरूलाई शैक्षिक सामाग्रीहरू तथा वृद्धाश्रममा खाद्य सामाग्रीहरू वितरण तथा सरसफाइ गरी वार्षिकोत्सव मनाएका छन् ।

    कम्पनीले करिब ७० लाख बीमितहरू, कम्पनीको पहुँचलाई दूरदराजसम्म पुर्‍याउन भूमिका खेल्ने सबैप्रति आभार व्यक्त गरेको छ ।

    प्रतिकृया दिनुहोस्