News Portal

  • एनआइसी एसिया बैंकको ब्यालेन्स फन्डको न्याभ बढ्यो

    आर्थिकसंसार संवाददाता१४ भदौ, २०७७
    ४५८ पटक
    १४ भदौ, २०७७

    काठमाडौं । एनआइसी एसिया ब्यालेन्स फन्डको साउन मसान्तसम्म आइपुग्दा प्रति इकाई खुद मूल्य (न्याभ) ११ रुपैयाँ २९ पैसामा पुगेको छ । असारमा यसको न्याभ ११ रुपैयाँ ०८ पैसा थियो । अघिल्लो महिनाको तुलनामा फण्डको न्याभ बढेको हो । साउन मसान्तसम्म आइपुग्दा सूचीकृत कम्पनीमा ४० करोड ७२ लाख १७ हजार रुपैयाँ लगानी गरेको छ । फण्डमा अघिल्लो महिनाको भन्दा २ करोड ८८ लाख ९६ हजार रुपैयाँले बढी हो ।
    असारमा यस फन्डको सूचीकृत कम्पनीको सेयरमा ३७ करोड ८३ लाख २१ हजार रुपैयाँ लगानी रहेको थियो । यस अवधिमा फन्डले ५४ वटा कम्पनीको सेयरमा लगानी गरेको छ । सबैभन्दा धेरै लगानी नबिल बैंकमा रहेको छ । यस बैंकको ४५ हजार ३५७ कित्ता सेयरमा ३ करोड ७२ लाख ८३ हजार रुपैयाँ लगानी रहेको छ ।

    प्रतिकृया दिनुहोस्