News Portal

  • लामो दूरीका यातायात, शिक्षण संस्था र आन्तरिक उडान भदौ मसान्तसम्म बन्द

    आर्थिकसंसार संवाददाता१४ भदौ, २०७७
    १००६ पटक
    १४ भदौ, २०७७

    काठमाडौं । सरकारले लामो तथा छोटो दूरीको यातायातका साधन र शिक्षण संस्था आगामी भदौ मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको बताइएको हो । यसअघि सरकारले भदौ १५ गतेसम्मका लागि लामो दुरीका यातायात र शिक्षण संस्था बन्द गर्ने निर्णय गरेकोमा कोरोना संक्रमणको जोखिम कायमै रहेकाले अवधि लम्ब्याउने निर्णय गरेको हो ।
    यस्तै, सरकारले आन्तरिक उडान पनि भदौ मसान्तसम्मका लागि बन्द गर्ने निर्णय गरेको छ । यसअघि आन्तारिक उडान भदौ १५ गते मध्यरातसम्मका लागि रोक लगाइएको थियो । त्यस्तै बैठकले रोजगार खुलाइएका विभिन्न गन्तव्य मुलुकहरुका लागि श्रम स्वीकृति खुला गर्ने निर्णय गरेको छ ।

    प्रतिकृया दिनुहोस्