News Portal

  • अन्तराष्ट्रिय धावक जीतबहादुर केसी कोरोना सङ्क्रमित

    आर्थिकसंसार संवाददाता१७ भदौ, २०७७
    ५५५ पटक
    १७ भदौ, २०७७

    काठमाडौं । नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाउने धावक जीतबहादुर केसी कोरोना सङ्क्रमित भएका छन् । काठमाडौँ महानगरपालिका–१४ कलङ्कीका ७२ वर्षीय उनलाई सोमबार कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
    दिसामा रगत देखिएपछि केसीलाई काठमाडौँको बयोधा अस्पताल लगिएको थियो । सो अस्पतालमा उपचार गर्नुअघि उनको पीसीआर परीक्षणका लागि स्वाब सङ्कलन गरिएको केसीका जेठा छोरा योगेन्द्र केसीले जानकारी दिए । केसीको पीसीआर परीक्षणको रिपोर्ट पोजेटिभ आएको टेकु अस्पतालले सोमबार साँझ फोनमा जानकारी गराएको थियो । केसी हाल घरमै आइसोसेलनमा बसिरहेका छन् ।
    सन् १९७३ मा फिलिपिन्सको मनिलामा सम्पन्न एशियाली एथलेटिक्स च्याम्पियनसीपमा केसीले कास्य पद प्राप्त गरेका थिए । अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले प्राप्त गरेको यही नै पहिलो पदक हो । केसीले राष्ट्रिय प्रतियोगितामा पनि एक दर्जनभन्दा बढी स्वर्ण पदक जितेका थिए ।

    प्रतिकृया दिनुहोस्