News Portal

  • सेञ्चुरी कमर्शियल बैंकको नयाँ ब्याजदर सार्वजनिक

    आर्थिकसंसार संवाददाता१६ भदौ, २०७७
    ५७२ पटक
    १६ भदौ, २०७७

    काठमाडौं । सेञ्चुरी कमर्शियल बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले भदौ १६ गतेदेखि लागु हुने गरी बचत तथा कर्जातर्फको नयाँ ब्याजदर सार्वजनिक गरेको छ ।
    बैंकले बचत खातामा ४ दशमलव २५ प्रतिशतदेखि ५ दशमलव २५ प्रतिशतसम्म ब्याज प्रदान गर्ने भएको छ । त्यसैगरी बैंकले मुद्दती खातामा ८ दशमलव ५० प्रतिशतसम्म ब्याज प्रदान गर्ने भएको छ । त्यस्तै बैंकले बेसरेटमा ३ प्रतिशतदेखि ६ प्रतिशतसम्म थपेर कर्जा प्रदान गर्ने जनाएको छ ।

    प्रतिकृया दिनुहोस्