News Portal

  • सनराइज बैंकले ऋणीको घरजग्गा र एस्काभेटर बेचेर रकम असुल्दै

    आर्थीकसंसार संवाददाता२६ मंसिर, २०७९
    २५१ पटक
    २६ मंसिर, २०७९

    काठमाडौं । सनराइज बैंकले धितो रहेको सम्पत्ति बिक्री गर्ने भएको छ । बैंकको धरान, वीरगञ्ज, न्यूरोड र गोगंबु काठमाडौं शाखा कार्यालयबाट ऋणीले लिएको कर्जा भुक्तानी नगरेपछि धितो लिलामी गर्ने भएको हो ।
    रकम भुक्तानी गर्ने अवधि समाप्त भई कर्जा चुक्ता गर्न पटक-पटक लिखित, मौखिक ताकेता गर्दा समेत वेवास्ता गरेको हुँदा धितो सम्पति बिक्री गर्ने भएको हो । बैंकले चल अचल सम्पतिहरु जहाँ जे जस्तो अवस्थामा छ सोहि अवस्थामा लिलाम बिक्री गरिने जनाएको छ । उक्त सम्पत्ति मध्ये कुन सम्पत्ति के कति मूल्यमा खरिद गरी लिने हो सो खुलाई पुस ३ दिन गतेभित्र आवेदन दिन बैंकले आग्रह गरेको छ ।
    प्राप्त बोलपत्र पुस ५ गतेका दिन खोलिने भएकाले सम्बन्धित ऋणी, ऋणी फर्मका प्रोप्राइटर, जमानतकर्ता, सुरक्षण धनी, इच्छुक बोलपत्रदातालाई उक्त दिन उपस्थित हुन आग्रह गरेको छ । कुनै कारणवश लिलाम विक्री नभएमा सो सम्पत्ति बैंकले प्रचलित कानून बमोजिम सकार गरी लिन सक्ने बैंकले जनाएको छ ।
    बैंकको धरान सुनसरी शाखाबाट मनक साइकल स्टोर्सका प्रोप्राइटर लाल चौधरी थारुले धितोमा राखेको मालपोत कार्यालय मोरङ्गमा दर्ता रहेको अमरदह ६ स्थित कित्ता नम्बर १६७ को ०-५-०-० क्षेत्रफल (बिघा) भएको जग्गा र जग्गामा रहेका सम्पत्ति बिक्री गर्नेछ ।
    यस्तै, वीरगञ्ज पर्सा शाखाबाट नेशनल ट्रेडर्सको नामबाट सञ्चालक राजेन्द्र उपाध्यायले धितोमा राखेको बारा जिल्लामा रहेको जग्गा र बैंकको नाममा हाइपोथिकेशल अन्तर्गत धितो सुरक्षण गरिएका ऋणी फर्मको स्टकमा रहेका मालसामानहरु बिक्री गर्नेछ ।
    यस्तै, काठमाडौंको न्यूरोड शाखाबाट गजानन ट्रेडिङका सञ्चालक आकाश आचार्य र हिरादेवी बजगाईले राखेको धितो बिक्री गर्नेछ । जसमा जमानकर्ता प्रकाश कुमार आचार्यको नाममा रहेको इनरुवा सुनसरी ३ मा रहेको कित्ता नम्बर ७४२ को क्षेत्रफल ०-१-५ भएको जग्गा, हिरादेवी बजगाईको नाममा रहेको चन्द्रागिरी नगरपालिका २ मा रहेका कित्ता नम्बर १६५, १२२ र १६२ को क्षेत्रफल क्रमशः ०-९-१-०, ०-१-२-० र ०-२-०-३ (रोपनी) भएको जग्गा र सनराइज बैंक धनी भई कम्पनीको नाममा लिएको सवारी साधन बिक्री गर्नेछ ।
    यस्तै, गोगंबु काठमाडौं शाखा कार्यालयमा ऋणी युवराज तामाङले राखेको गोगंबु स्थित रहेको कित्ता नम्बर २१० को क्षेत्रफल ३४६.८० वर्गमिटर भएको जग्गा र सोही शाखाबाट युवराज कन्स्ट्रक्सनले प्रालिले लिएको कर्जाको धितो बिक्री गर्नेछ । जसमा युवराज तामाङको नाममा रहेको जग्गा र सनराइज बैंक धनी भई कम्पनीलाई दिइएको बा २ क ९४८४ नम्बरको कोबेको एस्काभेटर बिक्रीमा राखेको हो ।

     

    प्रतिकृया दिनुहोस्