News Portal

  • सानिमा रिलायान्स लाइफद्वारा मृत्यु दाबी भुक्तानी

    आर्थीकसंसार संवाददाता२८ वैशाख, २०८१
    ४२ पटक
    २८ वैशाख, २०८१

    काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेड क्षेत्रीय कार्यालय धनगढीले आफ्नो बीमित कृष्णपुर न.पा ०७ कंचनपुर बस्ने सव.मूलचन्द्र रानाकी श्रीमती फुलमती रानालाई मृत्यु दाबी भुक्तानी बाफत चार लाख २१ हजार हस्तान्तरण गरेको छ ।

    स्वर्गीय मूलचन्द्र रानाले २०७५ पौष महिनामा सानिमा रिलायान्स लाइफ इन्स्योरेन्स लिमिटेड धनगढीबाट बीमाङ्क दुई लाख को बीमा गरेका थिए । कालगतिले मृत्त्यु भएका रानालाई सानिमा रिलायन्स लाइफको आकर्षक पोलिसीले गर्दा बीमाङ्क रकम दोब्बर भुक्तानी गरेको हो ।

    नेपालमा भएका अन्य योजना भन्दा भिन्न सुविधा भएको यस योजनाले दुर्घटनामा तीन गुणा जोखिम कभर गर्दछ । गत चैत्र २८ गते मृत्यु भएका रानालाई आज घरमा गएर बीमा दावी भुक्तानी गरेको हो । ज

    नमानसमा जीवन बीमाबाट समयमा दावी भक्तानी पाउदैन भन्ने भ्रमलाई चिर्न घरमै गई भुक्तानी गरेको सानिमा रिलायान्स लाइफ इन्स्योरेन्स लिमिटेड प्रदेश प्रमुख गणेश प्रसाद उप्रेतीले जानकारी गराए ।

    कार्यक्रममा उक्त रकम वापतको चेक कृष्णपुर न.पा ०७ कलुवापुरका हरि किसन रानालाई चेक हस्तारन्तरण गरेको कम्पनीले जनाएको छ ।। कार्यक्रममा स्थानिया जनप्रतिनिधि सहित सानिमा रिलायान्स लाइफका क्षेत्रीय शाखा प्रमुख हेमन्त बहादुर सिंह एजेन्सी म्यानेजर गंगा राम राना, विक्रम कार्की, योगेन्द्र बहादुर वलायर को उपस्थिति रहेको थियो ।

    प्रतिकृया दिनुहोस्