आर्थीकसंसार संवाददाता१८ वैशाख, २०८१
१८ वैशाख, २०८१काठमाडौं । नेपाल बीमा प्राधिकरण कोशी प्रदेशको आयोजनमा वैशाख १७ गते कोशी प्रदेशस्थित जीवन बीमकका कर्मचारीहरुलाई जोखिमाकंन, बीमाका सर्वमान्य सिद्धान्त, सम्पती सुद्धिकण तथा बीमाका समसामयिक विषयमा एक दिने तालिम सम्पन्न भएको छ ।
उक्त कार्यक्रमका प्रशिक्षार्थी कर्मचारीहरुले उत्साहपूर्वक सहभागी जनाइ तालिम कार्यक्रमबाट बीमा सम्बन्धी आधारभूत ज्ञान प्राप्त गरेको बताएका छन् । साथै आगामी दिनमा यस्ता कार्यक्रम आयोजना गर्दा प्रदेशका दुर्गम जिल्लामा कार्यरत कर्मचारीलाई प्राथमिकताका साथ राख्न समेत सुझाव दिएका छन् ।
कार्यक्रममा कोशी प्रदेशका विभिन्न जिल्लामा जीवन बीमा क्षेत्रमा कार्य गर्ने ५० जना कर्मचारीको सहभागीता रहेको थियो ।