News Portal

  • निप्स कोशीले मोरंग उद्योग व्यापार संघको नवनिर्वाचित पदाधिकारीलाई दियो शुभकामना

    आर्थीकसंसार संवाददाता२८ वैशाख, २०८१
    ३८ पटक
    २८ वैशाख, २०८१

    काठमाडौं । नेपाल इन्स्योरेन्स प्रोफेसनल्स सोसाइटी कोशीले मोरंग उद्योग व्यापार संघको नवनिर्वाचित पदाधिकारीलाई शुभकामना दिएको छ । मुलुककै सबैभन्दा जेठो उद्योग संघ मोरंग उद्योग व्यापार संघको नवनिर्बाचित पदाधिकारीहरुलाई निप्स कोशीले बधाई तथा सफल कार्यकालको शुभकामना दिएको हो ।

    आज वैशाख २८ गते शुक्रबार संघको कार्यालयमा निप्सका पदाधिकारीहरुले शुभकामना दिएका हुन् । सो कार्यक्रममा नव निर्वाचित अध्यक्ष अनुपम राठी , बरिष्ठ उपाध्यक्ष अनिल कुमार साह , बाणिज्य उपाध्यक्ष अनिल सारडा , उद्योग उपाध्यक्ष विकास कुमार बेगवानी , महासचिब संजय कुमार श्रेष्ठ , सचिब अमित कुमार सारडा , कोषाध्यक्ष राजेश कुमार अग्रवाल र प्रबक्ता दिपेश सुबेदीको उपस्थिति थियो ।

    निप्सका अध्यक्ष खड्ग बहादुर श्रेष्ठले निर्बाचित पदाधिकारीलाई फूलका गुच्छा तथा खादा ओडाएर सम्मान गरेका थिए ।

    कार्यक्रममा निप्सका उपाध्यक्ष प्रदिप बाबु तिवारी, सचिब प्रकाश पोखरेल, कोषाध्यक्ष नारायण गौतम लगायत कार्यसमिति सदस्यहरुको उपस्थिति रहेको थियो ।

    कार्यक्रममा आगामी दिनमा निप्स र मोरंग उद्योग व्यापार संघ संयुक्त रुपमा सहकार्य गर्दै बीमा सचेतना बढाउने तथा सहकार्य गर्ने बारेमा छलफल भएको थियो।

    प्रतिकृया दिनुहोस्