News Portal

  • प्रभु इन्स्योरेन्सको नाफा २३७ प्रतिशतले बढ्दा अधिकांश सूचकमा उत्साहजनक प्रगति

    आर्थीकसंसार संवाददाता२८ बैशाख, २०८१
    २६ पटक
    २८ बैशाख, २०८१

    कााठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८० /८१ को तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीको अधिकांश सूचकमा बृद्धि देखिएको छ । कम्पनीले समिक्षा अवधिमा अधिकांश सूचकमा राम्रो ग्रोथ गरेको छ ।

    १ अर्ब ३७ करोड रुपैयाँ शेयर पूँजी भएको कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ३९ करोड १४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ११ करोड ६१ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा २३७ प्रतिशतले बढेको हो ।

    चालु आर्थिक वर्षको समिक्षा अवधिमा कम्पनीको संचिती जगेडा कोषमा १० करोड ३४ लाख रुपैयाँ रहेको छ । अन्य इक्विटीमा २४ करोड २० लाख रुपैयाँ रहेको छ ।

    त्यस्तै, समिक्षा अवधिमा कम्पनीले १ अर्ब ११ करोड ९६ लाख रुपैयाँ कुल बीमा शुलक आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ९८ करोड ७१ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमा शुल्क आर्जन पनि बृद्धि भएको हो ।

    समिक्षा अवधिमा कम्पनीले पुनर्बीमा मार्फत ६५ करोड ५२ लाख रुपैयाँ खर्चिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ६० करोड ५० लाख रुपैयाँ पुनर्बीमा मार्फत खर्चिएको थियो ।

    कम्पनीले यस अवधिमा ४६ करोड ४३ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३८ करोड २० लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत वर्षको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन २१ प्रतिशतले बृद्धि भएको छ ।

    समिक्षा अवधिमा कम्पनीले २ करोड ७६ लाख रुपैयाँ अभिकर्ता कमिशन मार्फत खर्चिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४ करोड २७ लाख रुपैयाँ खर्चिएको थियो । गत आर्थिक वर्षको तुलनामा कम्पनीले अभिकर्ता कमिशनमा कम रकम खर्चिएको छ ।

    यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ३७ रुपैयाँ ९३ पैसा रहेको छ । प्रति शेयर नेटवर्थ २ सय २४ रुपैयाँ ६७ पैसा रहेको छ ।

    प्रतिकृया दिनुहोस्