News Portal

  • वीरगञ्जमा एनसेल सेन्टर सञ्चालनमा

    आर्थीकसंसार संवाददाता२८ वैशाख, २०८१
    २२ पटक
    २८ वैशाख, २०८१

    वीरगञ्ज । टेलिकम सेवा कम्पनी एनसेलले औद्योगिक तथा व्यापारिक नगरी वीरगञ्जमा ‘एनसेल सेन्टर‘ सञ्चालनमा ल्याएको छ ।

    एनसेललेद्वारा बिशीबार यहाँ आयोजित कार्यक्रममा एनसेलका चिफ अफ स्टाफ अपरेशनका स्टेफेन रोड्रिगेजले वीरगञ्जको घण्टाघर नजिकै रहेको ‘शीवा हस्पिटल’ मा एनसेल सेन्टरको शुभारम्भ गरे ।

    सो अवसरमा उनले एनसेलले गुणस्तरीय र सुलभ खालको टेलिकम सेवा उपलब्ध गराउँदै आएको जानकारी दिए ।

    ‘एनसेलले आफ्ना प्रयोगकर्ताको चाहनालाई ध्यानमा राख्दै गुणस्तरीय र भरपर्दो सेवा उपलब्ध गराउँदै आइरहेको छ,’ उनले भने, ‘एनसेलले ग्राहकलाई उत्कृष्ट खालको सुविधा दिने प्रयत्न जारी राखेको छ ।’

    यसअघि एनसेल सेन्टर वीरगञ्जको माइस्थानमा रहेको थियो । तर, अहिले नयाँ साजसज्जासहित घण्टाघर नजिकै रहेको शिवा हस्पिटलमा सञ्चालनमा ल्याइएको हो ।

    एनसेलका ‘कष्टमर एक्सपेरियन्स मेनेजर’ ज्योति दाहालले वीरगञ्जमा स्थापना गरेको सेन्टरले पर्सा,बारा र रौतहत जिल्लामा पनि सहजीकरण गर्ने जानकारी दिइन् ।

    एनसेल सेन्टरले सेन्टरबाट प्रिपेड बिल भुक्तानी, नयाँ सिम वितरण, फोरजी सिम वितरण लगायतका सेवाहरु उपलब्ध गराउने कम्पनीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्