News Portal

  • प्रभु बैंकमा दुई सञ्चालक नियुक्त

    आर्थीकसंसार संवाददाता१८ वैशाख, २०८१
    १५६ पटक
    १८ वैशाख, २०८१

    काठमाडौं । प्रभु बैंकमा रिक्त रहेको सञ्चालक समितिमा दुई सञ्चालक नियुक्त भएका छन् ।

    बैंकको वैशाख १७ गते बसेको सञ्चालक समितिको बैठकले रिक्त रहेको दुई सञ्चालक पदमा नयाँ नियुक्ति गरेको हो । बैंकले संस्थापक सेयरधनीको समूहबाट रिक्त रहेको सञ्चालक पदमा काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. ४ बिशालनगर बस्ने किशोर जंग कार्की (प्रतिनिधि क्लाउड मण्डप प्रा.लि.) लाई नियुक्त गरेको छ ।

    सर्वसाधारण समूहबाट रिक्त रहेको सञ्चालक पदमा ललितपुर महानगरपालिका-१५ खुमलटार बस्ने भावना बलायरलाई नियुक्त गरेको छ।

    बैंकले एक सूचना जारी गर्दै सो निर्णय गरेको जानकारी दिएको हो ।

    प्रतिकृया दिनुहोस्