News Portal

  • विहादी गाउँपालिकामा यूनाइटेड अजोड इन्स्योरेन्सको घुम्ती बीमा सेवा सञ्चालन

    आर्थीकसंसार संवाददाता११ असोज, २०८१
    १६ पटक
    ११ असोज, २०८१

    काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले घुम्ती बीमा सेवा सञ्चालन गरेको छ । कम्पनीले आजबाट पर्वत विहादी गाउँपालिकामा घुम्ती बीमा सेवा सञ्चालन गरेको हो । पर्वत शाखाका शाखा प्रमुख बिक्रम ढुङ्गानाका अनुसार घुम्ती बीमा सेवा कार्यक्रम आज असोज ११ गते देखि १७ गते सम्म विहादी गाउँपालिकाको ६ वटै वडामा संचालन हुनेछ ।

    कार्यक्रममा यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड पर्वत शाखाका शाखा प्रमुख ढुङ्गानाले पशुपन्छी बीमाको अर्थ, महत्व तथा प्रभावकारीताको लगायत निर्जीवन बीमा बारेमा प्रष्ट पारेका थिए ।

    आज असोज ११ गतेबाट सञ्चालन गरेको कायृक्रममा विहादी गाउँपालिकाको वडा नं १ मा ३० घरधुरीको बाक्लो उपस्थिती रहेको थियो । विहादी गाउँपालिकामा रहेका ६ वटै वडामा उक्त कार्यक्रम संचालन गर्ने शाखा प्रमुख ढुङ्गानाले जानकारी दिए ।
    प्रतिकृया दिनुहोस्