News Portal

  • एशियन लाइफको ५ लाख १४ हजार कित्ता सेयर बिक्रीमा

    आर्थीकसंसार संवाददाता११ असोज, २०८१
    १६ पटक
    ११ असोज, २०८१

    काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले संस्थापक सेयर बिक्री गर्ने भएको छ । कम्पनीले संस्थापक सेयरधनीहरूको स्वामित्वमा रहेको सेयर बिक्रीमा राखेको हो ।

    कम्पनीका अनुसार संस्थापक सेयरधनीहरूले आफ्नो स्वामित्वमा रहेको ५ लाख १४ हजार ४६५ कित्ता सेयर बिक्रीमा राखेका हुन् । उक्त सेयरमा विद्यमान संस्थापक सेयरधनीले मात्रै आवेदन दिन पाउनेछन् ।

    संस्थापकले ३५ दिनभित्र उक्त सेयरका लागि आवेदन दिनुपर्नेछ । यदि संस्थापकले खरिद नगरेमा सर्वसाधारण लगानीकर्तालाई बिक्री खला गरिने कम्पनीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्