News Portal

  • सलिकोले चार दिने बीमा अभिकर्ता साथै कर्मचारी अभिवृद्धि तालिम सम्पन्न

    आर्थीकसंसार संवाददाता१० असोज, २०८१
    १२ पटक
    १० असोज, २०८१

    काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्सले निर्जीवन बीमा अभिकर्ता साथै कर्मचारी अभिवृद्धि (इनहाउस) तालिम कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । २०८१ असोज २ देखि ५ सम्म वीरगञ्जमा मधेश प्रदेशभरका कार्यरत कर्मचारीहरूको व्यवसायिक दक्षतामा सुधार ल्याउनेगरी उक्त तालिम सम्पन्न गरेको हो ।

    उक्त कार्यक्रममाा प्रतिष्ठित अतिथिहरूको उपस्थित रहेको थियो, जसमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडकी नायव प्रमुख कार्यकारी अधिकृत वरिष्मा साउद आचार्य, नेपाल बीमा प्राधिकरणकी मधेश प्रमुख प्रीती देव र सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडका मधेश प्रदेश प्रमुख निशान्त कुमार लामिछाने रहेका थिए ।

    तालिम प्रशिक्षकहरूमा आन्तरिक नियन्त्रण विभागमा प्रमुख बासुदेव जोशी, दावी विभागका सुबिन्द्र डंगोल, अण्डरराइटिङ विभागका भास्कर भुजेल र सिमा गुप्ता र मानव संसाधन विभागका प्रवल अर्याल रहेका थिए । प्रशिक्षकहरूले विभिन्न क्षेत्रका समसामायिक विषयहरुमा जानकारी तथा आवश्यक ज्ञान प्रदान गरेका थिए ।

    मुख्य अथिति प्रीती देवले बीमा क्षेत्रमा पालना गर्नुपर्ने नियम कानुनको महत्वबारे प्रकाश पारेकी थिइन् । उनले बीमा उद्योगमा दीर्घकालीन स्थिरता कायम राख्न र विश्वास बढाउन नियमहरूको कडाईसँग पालना गर्नुपर्ने आवश्यक रहेको कुरामा जोड दिईन् ।

    प्रतिकृया दिनुहोस्