News Portal

  • हिमालयन लाइफबाट संस्थापक हिमलाल सेयर बेचेर बाहिरिँदै

    आर्थीकसंसार संवाददाता१० असोज, २०८१
    १३ पटक
    १० असोज, २०८१

    काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा राखिएको छ । कम्पनीको संस्थापक सेयरधनी हिमलाल काप्रीले आफ्नो स्वामित्वको सेयर बिक्रीमा राखेका हुन् ।

    उनी आफ्नो नाममा रहेको ७९ हजार ३९२ कित्ता सेयर बेचेर कम्पनीबाट बाहिरिने भएका हुन् । उक्त सेयरमा विद्यमान कायम संस्थापक सेयरधनीले मात्रै आवेदन दिन पाउनेछन् ।

    इच्छुक संस्थापक सेयरधनीले ३५ दिनभित्र उक्त सेयर खरिदका लागि आवेदन दिनुपर्नेछ । यदि सो अवधिभित्र आवेदन नआएमा कम्पनीले सर्वसाधारणका लागि बिक्री खुला गर्ने जनाएको छ ।

    प्रतिकृया दिनुहोस्