News Portal

  • फेडेरल ‍रिइन्स्योरेन्सका सीईओले पाए ‘मस्ट पाओनियरिङ रिइन्सुरेन्स ब्रोकिङ सीई‌ओ’ अवार्ड

    आर्थीकसंसार संवाददाता१० असोज, २०८१
    १३ पटक
    १० असोज, २०८१

    काठमाडौं । फेडेरल रिइन्स्योरेन्स ब्रोकरका प्रमुख कार्यकारी अधिकृत (सीई‌ओ) विशालदीप अधिकारी ग्लाेबल सीईओ एक्सिलेन्समा सम्मानित भएका छन् । उनी ‘मस्ट पाओनियरिङ रिइन्सुरेन्स ब्रोकिङ सीई‌ओ-२०२४’बाट सम्मानित भएका हुन् ।

    सीई‌ओ मन्थ्ली, एआई ग्लाेबल मिडिया, युकेअन्तर्गतको प्रतिष्ठित प्रकाशन हो । जसले विश्वभरका उद्योगहरूमा नेतृत्वदायी व्यक्तित्वहरूको उत्कृष्टता पहिचान र सम्मान गर्छ ।

    सीईओ अधिकारीले फेडेरल रिइन्स्योरेन्स ब्रोक लिमिटेडकाे नेतृत्व गर्दै स्थानीय बीमा कम्पनीका कर्मचारीहरूलाई तालिम प्रदान गर्ने कार्यक्रम र बीमा तथा पुनर्बीमा उद्योगमा नवीनतम प्रवृत्तिहरूको जानकारी दिन न्यूजलेटर प्रकाशन जस्ता विभिन्न पहलहरू अघि सारेका छन् ।

    यसका साथै अधिकारीले विभिन्न कलेजका विद्यार्थीहरूलाई बीमा तथा पुनर्बीमा सम्बन्धी ज्ञान प्रदान गरेका छन् । फेडेरल रिइन्स्योरेन्स ब्रोकर लिमिटेड नेपालमा पुनर्बीमा क्षेत्रको अग्रणी कम्पनीको रूपमा स्थापित भइ उद्योगको व्यावसायिक विकास र नवाचारलाई निरन्तर प्रोत्साहन गर्दै आएको छ ।

    प्रतिकृया दिनुहोस्