News Portal

  • सगरमाथा लुम्बिनी इन्स्योरेन्सले दुई महिनामा दियो ३१ करोड रूपैयाँ दाबी भुक्तानी

    आर्थीकसंसार संवाददाता१० असोज, २०८१
    १५ पटक
    १० असोज, २०८१

    काठमाडौं । निर्जीवन बीमक सगरमाथा लुम्बिनी इन्स्योरेन्सले चालू आर्थिक वर्ष २०८१।८२ को पहिलो दुइ महिनामा ३० करोड ९४ लाख रूपैयाँ दाबी भुक्तानी गरेको छ। इन्स्योरेन्सका अनुसार दुई महिनाको अवधिमा कुल २ हजार २९६ वटा बीमा दाबी भुक्तानी गरिएको छ।

    इन्स्योरेन्सका अनुसार बीमितले भदौ महिनामा ११०३ वटा दाबीमार्फत् कुल १५ करोड २६ लाख रूपैयाँ दाबी भुक्तानी पाएका छन् । इन्स्योरेन्सले साउन महिनामा ११९३ वटा दाबीका लागि कुल १५ करोड ६८ लाख रूपैयाँ भुक्तानी गरेको थियो ।

    इन्स्योरेन्सले प्रकाशन गरेको मासिक दाबी भुक्तानी तथ्यांक अनुसार साउनमा १५५१ वटा र भदौ महिनामा १३०९ वटा दाबी निवेदन दर्ता गरिएको थियो । साउन महिनामा कुल १५५१ नयाँ दाबी निवेदन दर्ता गरिएको थियो भने पुराना र नयाँ समेत कुल ११९३ वटा दाबी फर्छ्यौट भएको इन्स्योरेन्सले जानकारी दिएको छ।

    इन्स्योरेन्सका अनुसार साउन महिनामा १५५१ दाबीमार्फत् अनुमानित ५६ करोड १८ लाख रूपैयाँ बराबरको दाबी गरिएको थियो । भदौ महिनामा कुल १३०९ वटा निवेदनमार्फत् ४६ करोड ४२ लाख रूपैयाँ बराबरको रकम क्षतिपूर्ती दाबी परेको छ।

    इन्स्योरेन्सका अनुसार गत आर्थिक वर्ष २०८०।८१ मा बीमितले दाबी भुक्तानीवापत २ अर्ब ८३ करोड रूपैयाँ भुक्तानी प्राप्त गरेका छन् ।

    प्रतिकृया दिनुहोस्