News Portal

  • अब हरेक बिहीबार सस्तोडिलमा ‘गोल्डबिज हाटबजार’, ८० प्रतिशतसम्म छुट

    आर्थीकसंसार संवाददाता२८ मंसिर, २०७९
    २४४ पटक
    २८ मंसिर, २०७९

    काठमाडौं । इ¬कमर्श साइट सस्तोडिल डटकम (sastodeal.com) ले हरेक बिहीबार ‘गोल्डबिज हाटबजार’ सञ्चालन गर्ने भएको छ । हार्टबजारको पावर्डबाईमा मिनिसोले सहकार्य गरेको छ । अबदेखि प्रत्येक बिहीबार ‘गोल्डबिज हाटबजार’ सञ्चालन हुने जनाइएको छ । देशभरका जनताले सेवा लिनसक्ने गरी गोल्डबिज हाटबजार सञ्चालन गरिएको जनाइएको छ ।


    सस्तो डिलको अनलाइन भिजिट गरी चर्चित ब्राण्डहरुका चर्चित प्रडक्टहरु खरिद गर्न सकिनेछ । सामान खरिदमा ८० प्रतिशतसम्म छुट उपलब्ध हुने गोल्डबिजका बिजनेस डेभलपमेन्ट हेड अबिरल अधिकारीले जानकारी दिए । MINISO, MISSO, CC, VIDVIE, BLES, Yishion, Mamaearth, vio patch, derma co, Jockey, Kito लगायतका पडक्ट हाटबजारबाट खरिद गर्न सकिनेछ । आगामी दिनमा अन्य चर्चित ब्राण्डहरु पनि क्रमशः थप हुने बताइएको छ ।
    २४सैं घन्टा होम डेलिभरीको सुविधा उपलब्ध हुनेछ । ५० जना भाग्यमानी ग्राहकले लक्की ड्रका आधारमा आकर्षक उपहार तथा २ हजार ५ सय रुपैयाँ बराबरको क्यास भौचर प्राप्त गर्नेछन् ।
    ग्राहकलाई विभिन्न ब्राण्डका उत्पादन एकै स्थानमा उपलब्ध गराउने उद्देश्यका साथ गोल्डबीज हाट बजार संचालन गर्न लागिएको हो । बजारमा महिला तथा पुरुषका विभिन्न पहिरन, जुत्ता, ज्वेलरी, झोला, डिजिटल प्रोडक्ट, सनग्लास, स्टोरेज बक्स, मेजरिङ टेप, क्याप, कम, मग, गुडिया, नोटबुक, डायरी, पेन लगायत विभिन्न सामान उपलब्ध हुने सस्तो डिलका प्रमुख कार्यकारी अधिकृत अमुन थापाले जानकारी दिए ।
    गोल्डबीज हाट बजार ब्रीज इन्टरनेशनल प्रा.लि.को होलसेल शाखा हो । जहाँ आकर्षक छुट तथा सस्तो मूल्यमा विभिन्न ब्राण्डका गुणस्तरीय उत्पादनहरु उपलब्ध हुनेछन् । ‘ग्राहकलाई विभिन्न ब्राण्डका उत्पादन एकै स्थानमा उपलब्ध गराउने उद्देश्यका साथ गोल्डबीज हाट बजार संचालन गरेका हौं,’ उनले भने ।

    प्रतिकृया दिनुहोस्