News Portal

  • सूर्या लाइफको कार्तिकमा २ करोड ६७ लाखको मात्रै सरेण्डर

    आर्थीकसंसार संवाददाता२७ मंसिर, २०७९
    ३१८ पटक
    २७ मंसिर, २०७९

    काठमाडौं । सूर्या लाइफमा कार्तिक महिनासम्ममा १७ करोड ३६ लाख रुपैयाँको सरेण्डर भएको छ । सूर्या लाइफले उपलब्ध गराएको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको चार महिनाको अवधिमा ५५७ वटा पोलिसी सरेण्डर भएका छन् । साउन महिनामा १०९ वटा पोलिसी मार्फत २ करोड ४९ लाख रुपैयाँ बराबरको सरेण्डर भएको छ ।
    त्यस्तै भदौ महिनामा ३०३ वटा पोलिसी सरेण्डर भएका छन् । उक्त पोलिसी मार्फत ६ करोड २५ लाख रुपैयाँको सरेण्डर भएको हो । असोज महिनामा भदौको तुलनामा सरेण्डर संख्या र रकम धेरै नै घटेको छ । यस महिनामा १४५ वटा पोलिसी मार्फत ५ करोड ९५ लाख रुपैयाँको सरेण्डर भएको छ । कार्तिक महिनामा भने १४५ वटै पोलिसी सरेण्डर भए पनि रकम भने २ करोड ६७ लाख रुपैयाँ मात्रै छ ।
    नेपाल बीमा प्राधिकरणले कार्तिक महिनामा बीमा कम्पनीहरुमा भएको सरेण्डर सार्वजनिक गर्ने क्रममा सूर्याको १२ करोड २७ लाख रहेको जनाएको छ । तर सूर्या लाइफले उक्त तथ्याङ्क गलत भएको जनाएको छ । प्राधिकरणका अनुसार कार्तिक महिनामा मात्रै जीवन बीमा कम्पनीमा एक अर्ब ११ करोड रुपैयाँको सरेण्डर भएको छ । जीवन बीमा कम्पनीहरुले कार्तिक महिनामा २ अर्ब रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गर्दा एक अर्ब ११ करोडको सरेण्डर गर्न बाध्य भएका छन् ।

    प्रतिकृया दिनुहोस्