News Portal

  • प्रभु इन्स्योरेन्स र पोखरा बिश्वबिद्यालयको संयुक्त आयोजनामा एक दिने सेमिनार सम्पन्न

    आर्थीकसंसार संवाददाता२४ मंसिर, २०७९
    २५० पटक
    २४ मंसिर, २०७९

    काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेड र स्टडी ग्रुप फर बैंकिङ्ग एण्ड इन्स्योेन्स, स्कूल अफ बिजनेश, पोखरा बिश्वबिद्यालयको संयुक्त आयोजनामा “रोल अफ ननलाइफ इन्स्योरेन्स फर इकोनोमिक डेभलप्मेन्ट अफ नेपाल” बिषयमा एक दिने सेमिनार सम्पन्न भएको छ । उक्त सेमिनार मंसिर २१ गते सम्पन्न भएको हो ।
    पोखरामा सम्पन्न भएको उक्त सेमिनारमा प्रभु इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्चित बज्राचार्य, दावी बिभाग प्रमुख बत्सल ढकाल, ए.एम.एल.तथा जोखिम व्यवस्थापन बिभाग प्रभुख गंगा प्रसाद रेग्मी, रिसोर्स पर्सन सैयम बज्राचार्य र बीमा सर्भेयर बुद्धि अधिकारीले निर्जीवन बीमा सम्वन्धी आ/आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए ।
    त्यसैगरी पोखरा बिश्वबिद्यालयको तर्फबाट फ्याकल्टी अफ म्यानेजमेन्ट स्टडीका डिन डा.दयाराज ढकाल, स्कूल अफ बिजनेशका डाइरेक्टर प्राध्यापक श्रृजन ज्ञवाली तथा प्राध्यापक डा. रबिन्द्र घिमिरेले आ/आफ्नो कार्यपत्र प्रस्तुत गर्दैै यस किसिमको सेमिनारबाट बिश्वबिद्यालय तहमा अध्ययनरत बिद्यार्थीहरुले निर्जीवन बीमा सम्वन्धी बिविध ज्ञान बृद्धि भई बीमा सम्वन्धी जनचेतना बृद्धि हुने बिश्वास व्यक्त गरे ।
    उक्त कार्यक्रममा बिबिए/बिआई तहमा अध्ययनरत एक सय पचास भन्दा बढि बिद्यार्थीहरुको सहभागिता थियो ।

    प्रतिकृया दिनुहोस्