News Portal

  • राष्ट्रिय जीवन बीमा कम्पनीको कुल ब्यापार ७ अर्ब ६९ करोड हुँदा अन्य वित्तीय सूचक कस्ता ?

    आर्थीकसंसार संवाददाता२८ वैशाख, २०८१
    २४ पटक
    २८ वैशाख, २०८१

    काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनीले आर्थिक वर्ष २०८० /८१ को तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीको अधिकांश सूचकमा बृद्धि देखिएको छ ।

    १८ करोड १० लाख रुपैयाँ शेयर पूँजी भएको कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मा २ करोड ४५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ करोड २६ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा ९३ प्रतिशतले बढेको हो ।

    चालु आर्थिक वर्षको समिक्षा अवधिमा कम्पनीको संचिती जगेडा कोषमा ५० करोड ९२ लाख रुपैयाँ रहेको छ । समिक्षा अवधिमा कम्पनीले ७ अर्ब ६९ करोड ३६ लाख रुपैयाँ कुल बीमा शुलक आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ७ अर्ब २१ करोड ९४ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमा शुल्क आर्जन पनि बृद्धि भएको हो ।

    कम्पनीको खुद बीमा शुल्क आर्जन र कुल बीमा शुल्क आर्जन रकम एउटै रहेको प्रकाशित वित्तीय विवरणमा रहेको छ ।

    समिक्षा अवधिमा कम्पनीले १३ करोड ८९ लाख रुपैयाँ अभिकर्ता कमिशन मार्फत खर्चिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १३ करोड ७५ लाख रुपैयाँ खर्चिएको थियो । गत आर्थिक वर्षको तुलनामा कम्पनीले अभिकर्ता कमिशनमा बढी रकम खर्चिएको छ ।

    प्रतिकृया दिनुहोस्