News Portal

  • आईएमई लाईफको आईपीओ ‘ओभर सब्स्क्राइभ्ड’, आवेदन दिने अन्तिम दिन सोमबार

    आर्थीकसंसार संवाददाता२४ असार, २०८०
    ९९ पटक
    २४ असार, २०८०

    काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर ओभर सब्स्क्राइभ्ड भएको छ ।
    कम्पनीले सर्वसाधारणको लागि सेयर जारी गरेको तेस्रो दिन बेलुकासम्ममा नौ लाख ४० हजार ८१२ आवेदनकर्ताले १ करोड १७ लाख ६९ हजार ५० कित्ता सेयरका लागि आवेदन दिएका छन् ।
    कम्पनीले एक सय ३६ रुपैयाँ ९१ पैसा प्रिमियम थपेर २३६ रुपैयाँ ९१ पैसा दरमा १ करोड २० लाख कित्ता शेयर निष्काशन गरेको थियो ।
    त्यसमध्ये १० प्रतिशत अर्थात् १२ लाख कित्ता शेयर वैदेशिक रोजगारीमा गएका नेपालीहरुलाई वितरण गरिसकिएको छ ।
    यस्तै पाँच प्रतिशत अर्थात् छ लाख कित्ता सामुहिक लगानी कोषलाई र अर्को पाँच प्रतिशत अर्थात छ लाख कित्ता संस्थाका कर्मचारीहरुलाई छुट्याएर बाँकी ९६ लाख कित्ता सर्वसाधारणको लागि निष्काशन गरिएको थियो।
    आइएमई लाइफले बीमा क्षेत्रमै पहिलो पटक प्रिमियम मूल्यमा आईपीओ निकालेको हो ।

    प्रतिकृया दिनुहोस्