News Portal

  • एनबीए र एनआईएबीच तथ्यांक आदान प्रदान गर्ने सम्बन्धि भयो सम्झौता

    आर्थीकसंसार संवाददाता१ जेठ, २०८१
    १०२ पटक
    १ जेठ, २०८१

    काठमाडौं । नेपाल बैंकर्स संघ(एनबीए) र नेपाल बीमक संघ(एनआईए)बीच  सम्झौता भएको छ ।

    सम्झौता पत्रमा नेपाल बैंकर्स संघका तर्फबाट अध्यक्ष सुनिल के.सी. र नेपाल बीमक संघका तर्फबाट अध्यक्ष चंकी क्षेत्रीले हस्ताक्षर गरेका छन्  ।

    उक्त सम्झौता अनुसार दुई पक्षले मुख्यतः सूचना, तथ्यांक, ज्ञान, सिप, क्षमता र अन्य स्रोतहरू आदानप्रदानमा सहकार्य गर्दै अगाडि बढ्ने लक्ष्य लिएको छ । यस सम्झौताले वाणिज्य बैंक, बीमा क्षेत्र लगायत समग्र वित्तीय क्षेत्रको विकासको लागि थप सहयोगी भूमिका निभाउने विश्वास लिइएको छ ।

    प्रतिकृया दिनुहोस्