News Portal

  • सानिमा रिलायन्स लाईफको पुनर्जागरण अभियान सुरू

    आर्थीकसंसार संवाददाता१ जेठ, २०८१
    १०४ पटक
    १ जेठ, २०८१

    काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले नवीकरण नभएका बीमालेखका लागि शतप्रतिशत बिलम्ब शुल्क छुटसहितको पुनर्जागरण अभियान सुरू गरेको छ ।

    पुनर्जागरण अभियान अन्तर्गत बीमालेख अवधिभित्र एक पटक मात्र ब्याज छुटको सुबिधा प्रदान गरिने कम्पनीले जनाएको छ ।

    कुनै पनि बीमालेख ब्यतित रहँदा बीमितले रक्षावरण गुमाउनुका साथै बिलम्ब शुल्क पनि ब्यहोर्न पर्ने हुनाले यो सुनौलो मौकाको फाइदा लिई बीमालेख नवीकरण गर्न कम्पनीले अनुरोध गरेको छ ।

    हरेक नेपालीलाई बीमाको दायराभित्र ल्याई बीमित र बीमितसँग आश्रित परिवारको आर्थिक सुरक्षाका लागि जीवन बीमा अनिवार्य रहेको छ ।

    मंगलबारदेखि सुरू भएको पुनर्जागरण अभियान आगामी २५ गतेसम्म लागू हुने कम्पनीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्