News Portal

  • श्रीमतीको जन्मदिनमा खरेलले दिए १ करोड ३० लाखको बीमा पोलिसी उपहार

    आर्थीकसंसार संवाददाता२० असार, २०८०
    १६५ पटक
    २० असार, २०८०

    काठमाडौं । पछिल्लो समय बीमा क्षेत्रमा विभिन्न विवाह उत्सव लगायतका पर्वहरुमा जिन्सी सामान, गरगहना उपहार दिनुको सट्टा बीमा पोलिसी उपहार दिने प्रचलन बढ्दै आएको छ । यही अवसरमा बुटवल ६, चाँदवारी निवासी सन्तोष खरेलले आफ्नो श्रीमती सिर्जना आचार्यलाई जन्मदिनको अवसर पारेर जिवन बीमा पोलिसी उपहार दिएका छन ।
    खरेलले जीवनसंगिनी सिर्जनाको जन्मदिनको विषेश दिन पारेर उपहार स्वरुप १ करोड ३० लाख बीमाङकको जीवन बीमा दिएका हुन । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी फर्साटिकर शाखाबाट जीवन बीमा पोलिसी खरिद गरी जन्म दिनको अवसरमा बीमा हस्तान्तरण गरेका खरेलले महंगा गरगहना तथा अन्य उपभोग्य बस्तुमा गरिने खर्च भन्दा आफू र आफ्ना भावी पुस्ताको लागि समेत उपयोगी हुने गरी जीवन बीमा पोलिसी उपहार दिएको बताए ।
    उनले खरिद गरेको बिमा पोलिसीमा २० ओटा घातक रोग सुविधा र दुई गुणा बिमांक लाभ सहित थत ५ ओटा अन्य अतिरिक्त सुविधाहरु रहेको शाखाका प्रमुख उत्तम परियारले बताए ।
    उनकी श्रीमती सिर्जना आचार्यले यस बिषेश समारोहहरुमा अनावश्यक खर्च गर्नुभन्दा जीवन बीमाले आफ्नो अर्थिक समृद्धिमा सहायता पुर्याउनुका साथै सुरक्षित भविषय निर्माण हुने विश्वास लिएकी छिन् ।
    खरेल जागिरे जीवनबाट अवकास लिएर बीमा अभिकर्ताको रुपमा कार्यरत छन । आफ्नो व्यापार संगसंगै बीमा क्षेत्रमा सफल हुनेगरी अगाढी बढेका उनले आफु र आफ्ना साथी भाई, इस्टमित्रहरुलाई जीवन बीमा गराई सुरक्षीत भविष्यको लागी उचित रकम जम्मा गरी आर्थिक समृद्धि तर्फ लैजान जोड दिने खरेलले बताए ।
    एमडिआरटि समेत रहेका उनले आर्थिक समृद्धि र सुरक्षित तथा अनिवार्य वचतको निम्ति आगामी दिनमा हरेक नेपालीहरु जीवन बीमाको दायरामा आउनुपर्ने बताए ।

    प्रतिकृया दिनुहोस्