News Portal

  • नेको इन्स्योरेन्सद्धारा महेन्द्र गेनाई स्मृति प्रसुति तथा बाल कल्याण अस्पताललाई आर्थिक सहयोग

    आर्थीकसंसार संवाददाता१९ असार, २०८०
    १४३ पटक
    १९ असार, २०८०

    काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत सिरहाको धागढीमाई नगरपालिकामा रहेको महेन्द्र गेनाई स्मृति प्रसुति तथा बाल कल्याण अस्पताललाई आर्थिक सहयोग आर्थिक सहयोग गरेको छ ।
    कम्पनीले उक्त अस्पताललाई ११ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको हो । असपतालको भवन भारतीय राजदूतावासको सहयोगमा निर्माण भएको थियो । तर मेडिकल उपकरण, औषधि लगायतका सामाग्रीहरुको अभाव रहेको हुँदा मधेशका महिलाहरुको प्रसुती सेवा तथा बालबालिकाको उपचारमा सहयोग पुगोस भन्ने सोचका साथ उक्त सहयोग उपलब्ध गराएको कम्पनीले जनाएको छ । उक्त आर्थिक सहयोग कम्पनीका प्रमुख कार्यकारी अधिकृत अशोक कुमार खड्काले अस्पताल व्यवस्थापनलाई हस्तान्तरण गरेका हुन् ।

    प्रतिकृया दिनुहोस्