News Portal

  • रिडी पावरको विशेष साधारण सभा आज हुँदै, यस्ता छन् प्रस्ताव

    आर्थीकसंसार संवाददाता८ असार, २०८०
    २२७ पटक
    ८ असार, २०८०

    काठमाडौं । रिडी पावर कम्पनी लिमिटेडले आज असार ८ गते विशेष साधारण सभा गर्दैछ । जेठ २२ गतेको सञ्चालक समितिको बैठकले इन्द्रेणी कम्प्लेक्स, नयाँ बानेश्वर, काठमाडौंमा विहान ११ बजे विशेष साधारण सभा गर्ने निर्णय गरेको हो । कम्पनीले ५० प्रतिशत हकप्रद शेयर निष्काशनको प्रस्ताव पारित गर्नेछ ।
    कम्पनीको सहायक कम्पनीमार्फत निर्माण गर्न लागिएको १० मेगावाट क्षमताको तल्लो बलेफि जलविद्युत आयोजनाका लागि आवश्यक स्वपूँजी लगानीका लागि हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।
    कम्पनीले १ कित्ता बराबर शून्य दशमलव ५० कित्ताको अनुपातमा ७७ लाख ४४ हजार ५०६ कित्ता हकप्रद शेयर निष्काशनको लागि सभामार्फत स्वीकृति प्रदान गर्नेछ । हाल कम्पनीको चुक्तापूँजी ५८ करोड ५५ लाख ५८ हजार रहेको छ ।
    हकप्रद शेयर निष्काशनपछि कम्पनीको अधिकृत पूँजी, जारी पूँजी, र चुक्तापूँजी बृद्धि हुने भएकाले सोही बमोजिम प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ ।
    कम्पनीलाई हकप्रद शेयर निष्काशनका लागि विद्युत नियमन आयोगले बैशाख ३ गते अनुमति प्रदान गरिसकेको छ । कम्पनीले विशेष साधारण सभा प्रयोजनका लागि भोलि जेठ ३२ गते बुक क्लोज गरेको थियो ।

    प्रतिकृया दिनुहोस्