News Portal

  • मुक्तिनाथ विकास बैंकद्वारा विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रम सम्पन्न

    आर्थीकसंसार संवाददाता१३ चैत, २०७९
    ३१६ पटक
    १३ चैत, २०७९

    काठमाडौं । मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्व कार्यलाई निरन्तरता दिँदै २०७९ साल चैत्र महिनामा पनि विभिन्न सामाजिक उत्तरदायित्व मुलक कार्यक्रमहरु सम्पन्न गरेको छ ।
    जस अनुसार बैंकले बैंकले पोखरा महानगरपालिका–२६, ढलेपिपल स्थित भूतपूर्व सैनिक कृषि समुहलाई फोहोरमैला को अल्पकालिन व्यवस्थापनका लागि आवश्यक पर्ने डस्टविन एक कार्यक्रमका बीच हस्तान्तरण गरेको छ । बैंकले ट्राफिक कार्यालय कास्कीलाई विभिन्न ट्राफिक नियम पालना गर्नुपर्ने सम्बन्धी जनचेतनामुलक सन्देशमुलक वोर्डहरु हस्तान्तरण गरेको छ ।
    साथै , बैंकले घोराही उप– महानगरपालिका–१६, तेरोटे, दाङ स्थित जेष्ठ नागरिक सरोकार केन्द्रलाई सीसी क्यामेरा जडानको लागि सहयोग गरेको छ भने विदुर नगरपालिका वडा नं ०९ पिपलटारमा रहेको खानेपानीको समस्या समाधान गर्न बैंकले श्री पिपलटार खानेपानी आयोजना उपभोक्ता समितिलाई आर्थिक सहयोग समेत गरेको छ ।
    यस सहयोगहरुबाट मुक्तिनाथ विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै, यस सहयोगबाट सेवा क्षेत्रका नागरिक र व्यक्तिहरुको हितमा काम हुने विश्वास लिएको जनाएको छ ।

    प्रतिकृया दिनुहोस्