News Portal

  • गणपति लघुवित्तको शेयर रजिष्ट्रारमा एनआईएमबि एस क्यापिटल नियुक्त

    आर्थीकसंसार संवाददाता२५ वैशाख, २०८१
    २७ पटक
    २५ वैशाख, २०८१

    काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्थाको शेयर रजिष्ट्रारमा एनआईएमबि एस क्यापिटल नियुक्त भएको छ । तनहुँ जिल्लाको शुक्लागण्डकी ४ मा रजिष्ट्रार कार्यालय रहेको कम्पनीले शेयर सम्बन्धी सम्पूर्ण कार्य गर्नको लागि बैशाख २५ गतेदेखि लागू हुने गरि पुनः एक वर्षको लागि एनआईएमबि एस क्यापिटललाई शेयर रजिष्ट्रार नियुक्त गरेको हो ।

    अब गणपति लघुवित्तको शेयरहरुको अभिलेख राख्ने, दाखिल खारेज गर्ने, शेयरधनी लगत अध्यावधिक गरि राख्ने लगायतका शेयर रजिष्ट्रार सम्बन्धी सम्पूर्ण कार्यहरु एनआईएमबि एस क्यापिटलले गर्ने छ।

    प्रतिकृया दिनुहोस्