आर्थीकसंसार संवाददाता२४ वैशाख, २०८१
२४ वैशाख, २०८१काठमाडौं । मुक्तिनाथ विकास बैंकले काठमाडौं विश्वविद्यालय (केयु)सँग सहकार्य गरेको छ । बैंकले दिगो विकासमा टेवा पुर्याउने उदेश्यका साथ ग्रीन हाइड्रोजन इन्धनको अनुसन्धानको लागि सम्झौता गरेको हो ।
एक कार्यक्रम बीच कम्पनीले काठमाडौं विश्वविद्यालय अन्तरगत रहेको ग्रीन हाइड्रोजन ल्याबलाई अनुसन्धानका लागि आर्थिक सहयोग गर्ने सम्झौतापत्रमा हस्ताक्षर गरेको हो ।
मुक्तिनाथ विकास बैंकलले यस्तो खालको सहयोगबाट प्राकृतिक स्रोतको रुपमा रहेका असिमित सम्भावनाहरुलाई अनुसन्धान गर्ने मौकासँगै भविष्यमा नेपालको दिगो विकासमा पनि मद्दत पुग्ने विश्वास लिएको बताएको छ ।