News Portal

  • महिला फुटबल टोलीलाई एनआइसी एसियाको सम्मान

    आर्थीकसंसार संवाददाता२५ वैशाख, २०८१
    ३२ पटक
    २५ वैशाख, २०८१

    काठमाडौं । वाफ च्याम्पियनसिप उपविजेता नेपाली महिला फुटबल टोलीलाई एनआईसी एसिया बैंकले सम्मान गरेको छ ।

    एनआईसी एसियले टोलीमा रहेका २३ खेलाडी र ८ अफिसियललाई जनही २५ हजार प्रदान गर्‍यो । सोमबार एनआईसी एसियाका सीईओ रोशनकुमार न्यौपाने, सहायक सीईओ सन्तोषकुमार राठी, एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङलगायतले नेपाली टोलीलाई सम्मान गरेका थिए ।

    नेपाली महिला फुटबलले असाधारण सफलता हात पारेकाले सम्मान गरेको बैंकले जनाएको छ । फागुनमा साउदी अरेबियामा सम्पन्न प्रतियोगितामा नेपाल फाइनलमा जोर्डनसँग पेनाल्टी शुटआउटमा पराजित भएको थियो ।

    यस्तै एनआईसी एसिया बैंकले राष्ट्रिय टोलीकी गोलरक्षक अञ्जना रानामगरलाई आफ्नो ब्रान्ड प्रमोटरमा नियुक्त गरेको छ ।

    प्रतिकृया दिनुहोस्