News Portal

  • मर्चेन्ट बैंकरहरुद्वारा आफ्नो ग्राहकहरुलाई डिपि तथा सेयर रेजिष्ट्रार सेवासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

    आर्थीकसंसार संवाददाता२८ फागुन, २०७९
    ३४४ पटक
    २८ फागुन, २०७९

    काठमाडौं । नेपाल मर्चेन्ट बैंकर्स संघले सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको समन्वयमा मर्चेन्ट बैंकरहरुद्वारा आफ्नो ग्राहकहरुलाई डि पि तथा सेयर रेजिष्ट्रार सेवा प्रदान गर्दा आईपर्ने विभिन्न किसिमका प्राविधिक तथा व्यवहारिक समस्याहरु तथा सो समस्याहरुको सम्भावित समाधान सम्बन्धी मिति २०७९ साल फागुन २६ गतेको दिन काठमाडौं स्थीत नेपाल हाउस रेष्टुरेन्ट, हात्तिसारमा सबै डिपि तथा सेयर रेजिष्ट्रार सेवा प्रदायक संस्थाहरुको सहभागितामा एक अन्तरििक्रया कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ ।

    डि पि तथा सेयर रेजिष्ट्रार सेवा प्रदायक संस्थाहरुले नियमनकारी निकायबाट तोकिएका नीति नियम, कार्यविधि तथा समयसमयमा जारी हुने निर्देशन बमोजिम नियमनकारी निकायले दिनुभएको प्रणाली प्रयोग गरी आफ्नो ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ र दैनिक जसो मर्चेन्ट बैंकर तथा सिडिएसबीच समन्वय भई कार्य हुने गर्दछ । सबै मर्चेन्ट बैंकिङ्ग संस्थाहरुले प्रदान गर्ने सेवाहरु एकै किसिमको हुने भएको हुनाले दैनिक कार्यसञ्चालनमा, सबै डिपि तथा सेयर रेजिष्ट्रार सेवा प्रदायक संस्थाहरुले एकै किसिमका प्राविधिक तथा व्यवहारिक समस्याहरु व्यहोर्नुपर्ने हुन्छ र नियमितजसो सिडिएससंग अलगअलग रुपमा सम्पर्कमा रहने गरिन्छ । यसै सन्दर्भमा यस अन्तरक्रिया कार्यक्रममार्पmत डिपि तथा सेयर रेजिष्ट्रार सेवा प्रदान गर्दा आईपर्ने प्राविधिक तथा व्यवहारिक कठिनाईहरुमा केन्द्रित भई सामूहिक रुपमा अन्तरक्रिया गरी केकसरी सो सम्स्याहरुको समाधान गर्न सकिन्छ र सबैले आफ्नो ग्राहकहरुलाई छिटोछरितो रुपमा गुणस्तरीय सेवा कसरी प्रदान गर्न सकिन्छ भन्ने विषयमा छलफल गरियो ।

    सो कार्यक्रममा २५ डि पि तथा सेयर रेजिष्ट्रार सेवा प्रदायक संस्थाहरुबाट ४६ जना कर्मचारीहरुको सहभागीता रहेको थियो । साथै सो कार्यक्रमलाई प्रभावकारी तथा फलदायी बनाउनको निमित्त स्रोत व्यक्तिको रुपमा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको तर्पmबाट सूचना प्रविधि विभागका विभागीय प्रमुख तथा सहायक प्रबन्धक सुरेश न्यौपाने र कार्य संचालन विभाग तथा गुनासो व्यवस्थापन विभागमा अधिकृतको रुपमा कार्यरत देवराज रिजालको उपस्थिति रहेको थियो भने नेपाल मर्चेन्ट बैंकर्स संघका अध्यक्ष तथा सनराईज क्यापीटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठद्वारा धन्यवाद ज्ञापन तथा स्रोत व्यक्तिका रुपमा पाल्नु भएका अतिथि महानुभावहरुलाई प्रशंसाको चिनो÷प्रतिक प्रदान गरी उक्त कार्यक्रमको अन्त्य गरिएको थियो ।

    प्रतिकृया दिनुहोस्