News Portal

  • लाभांश पारित गर्न एनएलजी इन्स्योरेन्सले डाक्यो साधारण सभा, ३ अर्ब पूँजी पुर्याइने

    आर्थीकसंसार संवाददाता२६ फागुन, २०७९
    २०२ पटक
    २६ फागुन, २०७९

    काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले १७ औं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको फागुन २५ गते बसेको सञ्चालक समितिको बैठकले चैत २० गते, आम्रपाली ब्याङ्क्वेट बालवाटार काठमाडौंमा बिहान साढे १० बजे वार्षिक साधारण सभा बोलाएको हो ।
    इन्स्योरेन्स कम्पनीको सभाले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट हाल कायम चुक्ता पूँनीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.५२६३ प्रतिशत नगद गरी कूल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
    कम्पनीको सभाले आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिकिो प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन र आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षक नियुक्त गरि निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।
    यस्तै, अधिकृत पूँजी १.५० अर्ब रुपैयाँ बाट वृद्धि गरी ३ अर्ब पुर्याइने, प्रबन्धपत्र संशोधन गर्ने र स्वतन्त्र सञ्चालक नियुक्ति अनुमोदन गर्नेछ ।
    कम्पनीले साधारणसभा प्रयोजनको लागि चैत १३ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले चैत १२ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) कारोबार भइ कायम सेयरधनीहरुले साधारण सभामा सहभागि हुन सक्नेछन् ।

     

    प्रतिकृया दिनुहोस्