News Portal

  • आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्सले मर्जरको लागि धितोपत्र बोर्डबाट पायो स्वीकृति

    आर्थीकसंसार संवाददाता२३ फागुन, २०७९
    २०९ पटक
    २३ फागुन, २०७९

    काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्स मर्जरको लागि पुर्व स्वीकृति पाएको छ । नेपाल धितोपत्र बोर्डले दुई कम्पनीलाई मर्जरको लागि पुर्व स्वीकृति दिएको हो ।
    बोर्डले धितोपत्र दर्ता गराएका संगठित संस्था एक आपासमा मर्जर हुने सम्बन्धमा निर्देशिका, २०७९ को दफा ८ को उपदफ (४) बमोजिम अन्तिम स्वीकृति दिएको हो ।
    दुई कम्पनीबीच सेयर अनुपात क्रमशः १ः१ कायम रहने गरी माघ २९ गते मर्जर सम्बन्धी सम्झौता भएको थियो । सम्झौता अनुसार दुवै कम्पनी एक आपसमा गाभिए पश्चात् बन्ने कम्पनीको नाम आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड रहने बताइएको छ ।
    हाल आईएमई जनरल इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब ८० करोड रुपैयाँ र प्रुडेन्सियल इन्स्योरेन्सको एक अर्ब १८ करोड रुपैयाँ छ । जसमा आईएमई जनरलले ६ प्रतिशत बोनस वितरण गरिसकेको छ भने प्रुडेन्सियलले ६.५ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको छ ।
    घोषित बोनसपश्चात् प्रुडेन्सियलको चुक्ता पुँजी १ अर्ब २५ करोड रुपैयाँ पुग्नेछ । यससँगै मर्जपछि बन्ने नयाँ कम्पनीको चुक्ता पुँजी ३ अर्ब ५ करोड रुपैयाँ नाघ्ने छ ।

     

    प्रतिकृया दिनुहोस्