News Portal

  • आइएमई लाइफको नयाँ बोनसदर घोषणा, कुन बीमालेखमा कति ?

    आर्थीकसंसार संवाददाता१५ माघ, २०७९
    २६२ पटक
    १५ माघ, २०७९

    काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७८÷७९ को नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीको आर्थिक वर्ष २०७८÷७९ को आर्थिक लेखाजोखा र दायित्वको मुल्याङकन सम्बन्धी बीमाङकीय प्रतिवेदन बीमा प्राधिकरणबाट स्वीकृत भई नाफामा सरिक हुने गरी जारी बीमालेखहरुमा बोनस दर सार्वजनिक गरेको हो । कम्पनीले न्युनतम २० रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनसदर तोकेको छ ।
    कम्पनीले सावधिक तथा सामुहकि जीवन र सावधिक अग्रिम भुक्तानी तथा आजीवन बीमालेखमा न्यूनतम प्रतिश हजार ९ रुपैयाँदेखि अधिकतम प्रतिहजार ३० रुपैयाँ निर्धारण गरेको छ । जसमा ९ वर्ष अवधिसम्मको लागि प्रतिहजार ३२ रुपैयाँ, १० वर्षदेखि १४ वर्ष अवधिको ३२ रुपैयाँ, १५ वर्षदेखि १९ वर्ष अवधिको ३८ रुपैयाँ, २० वर्षदेखि २४ वर्ष अवधिको ५० रुपैयाँ, २५ वर्षदेखि २९ वर्ष अवधिको लागि ६३ रुपैयाँ र ३० वर्ष वा सोे भन्दा बढी अवधिको ७० रुपैयाँ बोनसदर निर्धारण गरेको छ ।
    यस्तै, अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख न्यूनतम प्रतिहजार ३० रुपैयाँदेखि अधिकतम ६३ रुपैयाँसम्म बोनस दर तोकिएको छ । जसमा १० वर्षदेखि १४ वर्ष अवधिको ३० रुपैयाँ, १५ वर्षदेखि १९ वर्ष अवधिको ३५ रुपैयाँ, २० वर्षदेखि २४ वर्ष अवधिको ४८ रुपैयाँ र २५ वर्षदेखि २९ वर्ष अवधिको ६३ रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ ।
    वार्षिक अग्रिम भुक्तानी सावाधिक जीवन बीमालेख (बाल किरण) मा न्यूनतम प्रतिहजार ३० रुपैयाँदेखि अधिकतम ६३ रुपैयाँसम्म बोनस दर प्रदान गर्ने भएको छ । जसमा १० वर्षदेखि १४ वर्ष अवधिको ३० रुपैयाँ, १५ वर्षदेखि १९ वर्ष अवधिको ४० रुपैयाँ, २० वर्षदेखि २४ वर्ष अवधिको ४४ रुपैयाँ र २५ वर्षदेखि २९ वर्ष अवधिको ६० रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ ।
    त्यस्तै, वार्षिक अग्रिम भुक्तानी सावधिक (धन सरिता) जीवन बीमालेखको सबै अवधिमा ६० रुपैयाँ बोनसदर निर्धारण गरिएको छ ।
    कम्पनीले घोषणा गरेको बोनसदर मृत्यु दाबी, पूर्ण वा आंशिक अवधि भुक्तानी दाबी, समर्पण मूल्य दाबी, चुक्ता मूल्य दाबी तथा चालु बीमालेखमा समेत लागू हुनेछ । साथै कम्पनीको आगामी बीमाङ्कीय मूल्याङ्कन नभएसम्म सोही बोनसदर लागू हुने कम्पनीले जनाएको छ ।

     

    प्रतिकृया दिनुहोस्