News Portal

  • लुम्बिनी जनरलको लाभांश संशोधन, चुक्ता पूँजी एक अर्ब ४० करोड पुग्ने

    आर्थीकसंसार संवाददाता११ माघ, २०७९
    २५३ पटक
    ११ माघ, २०७९

    काठमाडौं । नेपाल बीमा प्राधिकरणको निर्देशन पछि लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको लाभांश संशोधन भएको छ । प्राधिकरणले कम्पनीलाई गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट चुक्ता पूँजीको ७ प्रतिशत बोनस शेयर दिने प्रस्तावलाई संशोधन गर्न निर्देशन दिएको थियो । कम्पनीको माघ १० गते बसेको सञ्चालक समितिको बैठकले चुक्त पूँजीको ६.९९ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।
    कम्पनीले यस भन्दा अगाडी ७ प्रतिशत बोनस शेयर वितरणको प्रस्ताव गरेको थियो । कम्पनीले थोरै मात्रै लाभांश संशोधन गर्दै ६.९९ प्रतिशत बोनस शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि ०.३६७९ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।
    प्रस्तावित लाभांश आगामी वार्षिक साधारणसभामा पेश गर्ने कम्पनीले निर्णय गरेको छ । प्राधिकरणले घोषणा भएको लाभांश स्वीकृत गर्ने व्यवस्था गरेको छ । सोहि क्रममा लाभांश संशोधन गर्न निर्देशन दिएको हो ।
    हाल कम्पनीको चुक्ता पूँजी एक अर्ब ३१ करोड रुपैयाँ रहेको छ । प्रस्तावित बोनस शेयर वितरण पछि चुक्ता पूँजी एक अर्ब ४० करोड पुग्नेछ ।

     

    प्रतिकृया दिनुहोस्