News Portal

  • पहिलो दिनमै १० प्रतिशतले बढ्यो सूर्यज्योति लाइफको सेयर मूल्य, प्रतिकित्ता कति ?

    आर्थीकसंसार संवाददाता११ माघ, २०७९
    ३०६ पटक
    ११ माघ, २०७९

    काठमाडौं । दोश्रो बजारमा कारोबार शुरु भएको पहिलो दिनमै सूर्यज्योति लाइफ इन्स्योरेन्सको सेयर मूल्यमा सर्किट लागेको छ । बुधबारको बजारमा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको हो ।
    साविकको सुर्या लायफ इन्स्योरेन्स कम्पनी र ज्योति लाइफ इन्स्योरेन्स कम्पनी एकआपसमा मर्जभएपश्चात बनेको सूर्यज्योति लाइफ इन्स्योरेन्सले बुधबार पहिलो कारोबार गरेको हो । दिनभरको कारोबारमा कम्पनीको सेयर मूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ४०८.७० रुपैयाँ पुगेको छ । जुन नेप्सेले तोकेको ओपनिङ प्राइसको तुलनामा प्रतिकित्ता ३७.११ रुपैयाँले बढी हो । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि प्रतिकित्ता ३७१.५९ रुपैयाँबाट ओपनिङ प्राइस तोकेको थियो ।
    बजारमा कम्पनीको ८ लाख रुपैयाँ बराबरको १ हजार ९६५ कित्ता सेयर कारोबार किनबेच भएको छ ।
    मर्जरको क्रममा रहेकोले साविकको सुर्या लायफ र ज्योति लाइफको सेयर कारोबार रोक्का भएको थियो । मर्जर प्रक्रिया सकिएसँगै दोश्रो बजारमा सेयर सूचीकृत भई सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको नामबाट कारोबार शुरु भएको छ ।
    साविक सूर्या लाइफ इन्स्योरेन्स कम्पनी र ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको मर्जर हुँदा सेयर स्वाप अनुपात १००ः०.८२४५ अर्थात साविक सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको १ कित्ता शेयर बराबर १ कित्ता र साविक ज्योति लाइफ इन्स्योरेन्स १ कित्ता सेयर बराबर ०.८२४५ कित्ता कायम हुन गएको हुँदा सोही बमोजिम सेयरधनीहरुको नाममा सेयर कित्ता कायम भएको छ । कम्पनीको पूँजी संरचना संस्थापक समूह अन्तर्गत ५१ प्रतिशत तथा सर्वसाधारण समुह अन्तर्गत ४९ प्रतिशत रहेको छ ।
    सूर्या लाइफ इन्स्योरेन्स र ज्योति लाइफ इन्स्योरेन्सबीच भएको जीवन बीमा क्षेत्रकै पहिलो सफल मर्जर पश्चात बनेको सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी आई एस ओ ९००१ः२०१५ बाट सम्मानित भैसकेको छ । हाल कम्पनीको चुक्ता पुँजी ४ अर्ब ५४ करोड रुपैयाँ रहेको छ । कम्पनीले देशभर रहेका १८१ शाखा कार्यालयहरुबाट आफ्ना सेवाग्राहिहरुलाई सेवा प्रदान गर्दै आएको छ ।

     

    प्रतिकृया दिनुहोस्