News Portal

  • दुर्घटना बीमा गरेरै भएपनि गाउँपालिकास्तरबाटै बीमाको शुरूवात गर्नुपर्ने

    आर्थीकसंसार संवाददाता११ माघ, २०७९
    २०९ पटक
    ११ माघ, २०७९

    काठमाडौं । नेपाल बीमा प्राधिकरणले नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिकमा बीमा सम्बन्धी जनचेतनामूलक अन्तरक्रिया कार्यक्रम गरेको छ । प्राधिकरणले माघ १० गते उक्त स्थानमा अन्तरक्रिया कार्यक्रम गरेको हो ।
    कार्यक्रममा प्रमुख अतिथि दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष शंकरबहादुर थापाले बीमा कम्पनीहरू व्यवसायमा मात्र केन्द्रित नभई सेवामुखी समेत हुनुपर्ने बताए ।
    अध्यक्ष थापाले बीमा कम्पनीहरूलाई गाउँ गाउँमा पुर्याउन र ग्रामीणस्तरमा समेत बीमा सम्बन्धी जानकारीमूलक कार्यक्रमहरू सञ्चालन गर्न प्राधिकरणसँग आग्रह गरे ।
    दुप्चेश्वर गाउँपालिकाका उपाध्यक्ष माकुरी तामाङले बीमाको पहुँच बढाउनका लागि गाउँपालिकाबाट ठोस नीतिगत व्यवस्थाका साथ कार्यक्रम ल्याउन पहल गर्ने प्रतिवद्धता गरे ।
    कार्यक्रममा नेपाल बीमा प्राधिकरणका उपनिर्देशक कुन्दन सापकोटाले कर्मचारीहरुको दुर्घटना बीमा गरेर भए पनि गाउँपालिकास्तरबाटै बीमाको शुरूवात आग्रह गरे ।
    त्यस्तै, बीमा प्राधिकरणका सहायक निर्देशक गीता नेपाल आचार्यले बीमा सम्बन्धी प्रस्तुति गरेका थिए भने सहायक प्रथम शिवप्रसाद खनालले स्वागत मन्तव्य व्यक्त गरे ।

     

    प्रतिकृया दिनुहोस्