News Portal

  • जीवन बीमाको इतिहासमा पहिलो सफल मर्जर, दोस्रो ठुलो बीमा कम्पनी हुँदा सम्पुर्ण सूचकमा अब्बल

    आर्थीकसंसार संवाददाता७ पुस, २०७९
    २८८ पटक
    ७ पुस, २०७९

    काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी र ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले नेपालकै इतिहासमा पहिलो सफल मर्जरको इतिहास बनाएका छन् । गत असार १२ गते मर्जरको सहमतिपत्रमा हस्ताक्षर गरेका दुई कम्पनीले आज पुस ८ गते सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको नाममा संयुक्त कारोबार शुभारम्भ गरेका हुन् ।
    मर्जरका क्रममा देखिएका सम्पुर्ण कठिनाइलाई एक पछि अर्को गर्दै आपसी सहमतिमा टुङ्ग्याइएको साविक सूर्यालाइफका सिइओ पवन कुमार खड्काले बताए । मर्जरका क्रममा खड्का सूर्यज्योति लाइफको नायव प्रमुख कार्यकारी अधिकृत भएका छन् । मर्जर सँगै सूर्यज्योति दोस्रो ठुलो कम्पनी बनेको खण्ड्काले बताए । उनले भने ‘हामी हरेक सूचकमा अब्बल देखिएका छौ । भोलिका दिनमा यो भन्दा माथि पुग्नेगरी काम गर्यो योजना बनाएका छौ ।’
    यो मर्जर कानुनी रुपमा सूर्या लाइफले ज्योति लाइफलाई प्राप्ति गरेको हुँदा सम्पुर्ण विवरणहरु सूर्या लाइफकै कायम रहनेछ । सोहि अनुसार कम्पनीको केन्द्रिय कार्यालय विराटनगरमै हुनेछ । विराटनगरमा केन्द्रिय कार्यालय रहे पनि केन्द्रिय कार्यालयको काम कारबाही भने साविक सूर्या र ज्योतिकै हेड अफिसबाटै सञ्चालन हुनेछ । त्यस्तै कम्पनी रजिष्ट्रारको दर्ता नम्बर, प्राधिकरणबाट जीवन बीमा व्यवसायको शुभारम्भ मिति, वार्षिकोत्सवको मिति सबै सूर्याकै कायम रहनेछ ।
    आजदेखि सूर्यज्योति लाइफको प्रमुख कार्यकारी अधिकृत साविक ज्योति लाइफका सिइओ प्रकाश विक्रम खत्री रहेका छन् । त्यस्तै सञ्चालक समितिको अध्यक्षमा भने साविक सूर्या लाइफका केशव प्रसाद भट्टराई भएका छन् ।

    प्रतिकृया दिनुहोस्