News Portal

  • आइएमई लाइफले डाक्यो सातौं वार्षिक साधारण सभा, यस्ता छन् एजेन्डा

    आर्थीकसंसार संवाददाता४ जेठ, २०८१
    ९९ पटक
    ४ जेठ, २०८१

    काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जेठ २८ गते वार्षिक साधारण सभा डाकेको छ । जेठ २ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले ७औं वार्षिक साधारण सभा डाकेको हो ।

     

    सभा आम्रपाली ब्यांकेट क्याटरिङ एन्ड इभेन्ट, भाटभटेनी, नक्साल, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

    कम्पनीले सभामा गत आर्थिक वर्षको नाफाबाट २५ प्रतिशत बोनस सेयर र १.३१५८ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) गरी कुल २६.३१५८ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ ।

    बोनस सेयरपछि पुँजी वृद्धि हुने भन्दै सोहीअनुसार प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने एजेन्डा पनि तयार गरिएको छ ।

    साथै, कम्पनीले आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल गर्ने जनाएको छ । आर्थिक वर्ष २०८०/८१ का लागि पनि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गरिनेछ ।

    कम्पनीले साधारण सभा प्रयोजनका लागि जेठ १४ गते बुक क्लोज गर्ने जनाएको छ ।

    प्रतिकृया दिनुहोस्