News Portal

  • लाभांश प्रस्ताव पारित गर्न सिद्धार्थ बैंकले बोलायो साधारण सभा, कति दिँदैछ प्रतिफल ?

    आर्थीकसंसार संवाददाता६ पुस, २०७९
    २९७ पटक
    ६ पुस, २०७९

    काठमाडौं । सिद्धार्थ बैंकले २१ औं वार्षिक साधारण सभा बोलाएको छ । बैंकको ५ गते बसेको सञ्चालक समितिको बैठकले पुस २८ गते आर्मी अफिसर्स भद्रकाली काठमाडौंमा विहान ११ बजे गर्ने निर्णय गरेको हो ।
    सञ्चालक समितिको आर्थिक वर्ष २०७८/७९ को को संचालक प्रतिवेदन, लेखापरीक्षकको आर्थिक वर्ष २०७८/७९ प्रतिवेदन, सहायक कम्पनी सिद्वार्थ क्यापिटलको आर्थिक वर्ष २०७८/७९ वित्तीय विवरण सहितको एकीकृत वित्तीय विवरण, आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षक नियुक्त गर्ने र पारिश्रमिक निर्धारण गर्नेछ ।
    बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायमु चुक्ता पूँजीको १२.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.६६ प्रतिशत नगद गरी कूल १३.१६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
    बोनस सेयर वितरण पश्चात् पूँजी वृद्धि हुने भएकाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, संस्थागत सामाजिक उत्तरदायित्व वहन गर्ने क्रममा निर्धारण गरेको सीमाभन्दा बढी भएको खर्चलाई पारित गर्ने र अन्य कुनै उपयुक्त बैंक वा वित्तीय संस्था एक आपसमा गान्ने÷गाभिने तथा कुनै उपयुक्त संस्थामा प्राप्ती गर्ने आवश्यक सम्पूर्ण प्रक्रिया पुरा गर्न संचालक समितिलाई पूर्ण दिन प्रस्ताव पारित गर्नेछ ।
    बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ पुस १३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले पुस १२ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भइ कायम सेयरधनीहरुले साधारण सभामा सहभागी भइ लाभांश प्राप्त गर्न सक्नेछन् ।

     

    प्रतिकृया दिनुहोस्