News Portal

  • एनआईसी एशिया बैंकले लाभांश नदिने

    आर्थीकसंसार संवाददाता६ पुस, २०७९
    २०० पटक
    ६ पुस, २०७९

    काठमाडौं । एनआईसी एशिया बैंकले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने घोषणा गरेको छ । बैंकको पुस ५ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
    बैंकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीहरुलाई चुक्ता पूँजीको १९ प्रतिशत बोनस सेयर र १ प्रतिशत नगद गरी कूल २० प्रतिशत लाभांश वितरण गरेको थियो ।
    त्यसयता बैंकले लाभांश वितरण गरेको छैन । बैंकको मंगलबारको बैठकले गत वर्षको असार मसान्तसम्मको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पठाउने निर्णय गरेको छ ।

     

    प्रतिकृया दिनुहोस्