News Portal

  • एनएमबि बैंकका ग्राहकलाई स्वोनिगा लाउन्जमा २० प्रतिशतसम्म छुट

    आर्थीकसंसार संवाददाता५ पुस, २०७९
    ३३२ पटक
    ५ पुस, २०७९

    काठमाडौं । एनएमबि बैंक र आन्तरिक विमानस्थलको भित्री लबीमा अवस्थित स्वोनिगा लाउन्जबीच सम्झौता भएको छ ।
    उक्त सम्झौता अनुसार ग्राहकहरुले लाउन्ज सेवाका साथै भिसा डेबिट वा क्रेडिट कार्ड मार्फत पेमेन्ट गर्दा अधिकतम २० प्रतिशतसम्मको आकर्षक छुट पाउने छन् ।
    सम्झौतापत्रमा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र स्वोनिगा लाउन्जका प्रबन्ध निर्देशक सुबास श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
    बैंकले आफ्नो सेवाहरु वृद्धि गर्ने क्रममा यस्ता सुविधाहरु ग्राहक माझ प्रस्तुत गर्दै आइरहेको छ । बैंकका ग्राहकहले छुट सम्बन्धि थप जानकारी एनएमबि बैंकको वेवसाईटको एनएमबि भिसा कार्ड डिस्काउन्ट सेक्सनमा गएर प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

     

    प्रतिकृया दिनुहोस्